को बन्ला सशस्त्र प्रहरीको आईजीपी ? आजै टुंगो लाग्ने ! यस्ताे छ अंकगणित ?

सशस्त्र प्रहरीमा पुन: आईजीपी फेरिनेछ

Igpnews nepal

काठमाडाैं। सरकारले आज सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) काे नियुक्ति गर्दै छ। हालका आईजीपी शैलेन्द्र खनालले आजदेखि अवकास पाउने भएकाले नयाँ नियुक्ति गर्न लागिएको हो।

चार वर्षकाे कार्यकाल सकिएर खनाल बिदा हुने भएपछि ​उनकै ब्याचका दुई एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकलाई आईजीपी बनाउन लागिएको हाे। जो आईजीपी भए पनि वैशाख १९ गतेसम्म मात्रै पदमा रहनेछन्। त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकासमा जानेछन्। स्थानीय तहकाे निर्वाचनअघि नै सशस्त्र प्रहरीमा पुन: आईजीपी फेरिनेछ।

त्यसपछिको आईजीपी पनि आजै टुंगो लाग्नेछ। एक जनालाई आईजीपी नियुक्त गरेपछि रिक्त हुने एआईजीमा जो बढुवा हुन्छ, वैशाख १९ गतेपछि उही आईजीपी बन्नेछ।

२१ दिने आईजीपीका दाबेदार दुवै जना खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका हुन्। प्रहरी निरीक्षक बनेर २०४९ वैशाख १९ गते सेवामा प्रवेश गरेका उनीहरु २०५८ सालमा एक तह बढुवा हुँदै सशस्त्र प्रहरीतिर लागेका हुन्।

सशस्त्र प्रहरी नियमावलीमा चारवर्षे कार्यकाल सकिने डीआईजी र एआईजीको कार्यकाल एक वर्ष थप गर्न सक्ने व्यवस्था छ। यो अनिवार्य व्यवस्था होइन। सरकारले नचाहेमा थप नगर्न पनि सक्छ। चारवर्षे कार्यकाल पूरा भएर म्याद थप नहुँदा ३० वर्षे सेवा पूरा नभई अवकासमा जान्छन्।

केसी र पौडेल दुवै २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। सशस्त्रमा दुईजना मात्रै एआईजी छन्। सशस्त्र प्रहरी नियमावलीअनुसार एआईजीमध्येबाटै आईजीपी बनाउनु पर्ने व्यवस्था छ। एआईजी पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुखमा र रामशरण पौडेल प्रशासन तथा मानव स्राेत विभागमा कार्यरत छन्।

याे पनि....

चलखेल गर्दै आईजीपीले धमाधम लेखापालको मात्र सरुवा-बढुवा गरेपछि..!

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...