दलित मुक्ति संगठन इलामको अध्यक्षमा खेममाया चयन

Khem maya shiwa

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट दलित मुक्ति संगठन इलामको अध्यक्षमा खेममाया शिवा चयन भएकी छन् ।

इलामको सूर्याेदयमा भएको जिल्ला स्तरीय भेलाले शिवाको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी गठन गरेको हो । जसमा उपाध्यक्षमा षडानन्द रसाइली र सचिवमा सुजन अछामे चयन भएका छन् ।

सो भेलाले दिपेश शंकर, रोसन रसाइली, खेमकुमारी रसाइली, गोविन्दबहादुर बराइली, रामकुमार लकान्द्री, निरकास महरा, गीता गहतराज, हिरा महरा, बिमला सुन्दास, हरिमाया दर्नाल, गीता रसाइली र तृष्ण लोहार सदस्य चयन भएका छन् ।

भोजबहादुर गजमेरको अध्यक्षतामा भएको सो भेलामा दलित मुक्ति संगठनका प्रदेश इन्चार्ज श्याम ल्वागुन, नेकपा एकीकृत समाजवादीका दलित इन्चार्ज तथा पार्टी जिल्ला सचिवालय सदस्य डम्बर गदाल, नेकपा एकीकृत इलामकी उपाध्यक्ष चित्रकला बराइली लगायतले दलित समुदायको मुक्तिका लागि दलित समुदाय एकजुट हुनुपर्नेमा जोड दिए । उनीहरुले दलित समुदायको मुक्तिका लागि पनि एक हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस