मौसमको खराबीका कारण पोखरा र तुम्लिङटारमा उडान प्रभावित

Sky of pokhara airport

काठमाडौ । मौसममा आएको खराबीका कारण कास्कीको पोखरा र संखुवासभाको तुम्लिङटार विमानस्थलमा उडान प्रभावित भएको छ ।

बिहानैदेखि मौसम धुम्मिएका कारण पोखरा र तुम्लिङटारमा कुनै पनि उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण काठमाडौं उपत्यका सहितका देशका विभिन्न भूभागमा हल्का वर्षा भएको छ । मौसम सामान्य अवस्थामा आउन केही दिन लाग्ने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् ।

 

प्रतिकृया दिनुहोस