सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्रीको घोषणा

Pampha bhusal

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन्।

काठमाडौंमा नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउन आफूले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारिन्।

गत मंसीर १ गतेबाट सिँचाईमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउन आफू लागिपरेको बताइन्।

प्रतिकृया दिनुहोस