फेरि उच्चदरमा बढ्यो कोरोना संक्रमण : थप १४४६ कोरोना संक्रमित थपिए, २ को मृत्यु

Corona 1596087688 1597680755

काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण उच्च दरमा बढ्न थालेको छ । यसैक्रममा नेपालमा पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा १३५७ र २ हजार ४६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...