एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

Pradeep gyawali

काठमाडौं । एमाले नेता प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । नेता ज्ञवालीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले आफूलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको उल्लेख गर्दै आफूसँग ४–५ दिन यता सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउदै स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन् ।

‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

केही दिनदेखि एमाले बैठक जारी छ । उनी यसअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकमा समेत उपस्थित भएका थिए । मंगलबार संसदीय दलको बैठक बसेको थियो ।

प्रतिकृया दिनुहोस