नेपालमा तत्काल लकडाउन नहुने, सतर्ककता अपनाउन आग्रह

Lokdwn 19

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टबाट २ जनामा सङ्क्रमित भएसँगै नेपालमा त्रास फैलिएको छ । ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिने भन्दै फेनि नेपालमा लकडाउन हुन्छ की भन्ने आम मानिसमा त्रास फैलिएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्व समुदायलाई जानकारी नगराउँदै नेपालमा त्यसको संक्रमण भित्रिसकेको पाइएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । त्यहाँ कात्तिक २३ मा संकलन गरिएको नमूनामा नयाँ भेरियन्ट भेटिएको थियो र विश्व स्वास्थ्य संगठनले मंसिर ७ मा कोरोको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको विश्व समुदायलाई जानकारी गराएको थियो ।

नेपालमा भने सो अघि नै ओमिक्रोनको संक्रमण देखिएको पाइएको हो । त्यो सँगै नेपालमा थप त्रास फैलिएको छ । तर, २ व्यक्ति भेटिएस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जनाएको हो ।

झण्डै ४० देशमा देखा परिसकेको यो भेरिएन्ट संक्रामक पनि मानिएको छ । ओमिक्रोन फैलनसक्ने भन्दै सामाजिक सञ्जालमा चासो र चिन्ता बढेपछि सरकारले सचेत गराउँदै लकडाउन बारे निर्णय नगरेको जनाएको हो ।

नेपालमा पनि ओमिक्रोन देखिएपछि फेसबुक, टिकटक, ट्वीटर लगायत सामाजिक सञ्जालमा धेरैले सरकारले अब लकडाउन गर्नसक्ने भन्दै चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । तर सरकारी अधिकारीहरूले अहिले लकडाउनबारे कुनै निर्णय नगरेको जनाएका छन् । तर स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई सचेत गराएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सरकारले लकडाउन बारे केही निर्णय नगरेको बताए । उनले भने, ‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन । ’

उनका अनुसार ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको छ ।उनले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्न र आफ्नो पालोमा खोप लिनुपर्ने बताए ।

नेपालमा पहिलो पटक कोभिड–१९ को सङ्क्रमण २०७६ माघ ९ गते देखिएको थियो । चीनको वुहानबाट नेपाल आएका एक जनामा सङ्क्रमण देखिएको थियो । आज फेरि नेपालमा ओमिक्रोनको संक्रमित भेटिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...