पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण, ३५७ जना संक्रमणमुक्त

Corona test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ पुगेको छ।

सोमबार ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ३८६ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा ७ हजार ११४ पीसीआर तथा १ हजार ५०३ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस