पछिल्लो २४ घण्टामा थप २०५ कोरोना संक्रमित थपिँदा ४३६ जना निको

Coronavirus

काठमाडौँ र नेपालमा आइतबार थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ९ सय ९५ पीसीआर परिक्षणका क्रममा २ सय र २ हजार ७ सय ९५ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार १ सय ८४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४ सय ३६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार ५ सय ४४ जना निको भएका छन् । हाल नेपालमा ६ हजार ५ सय ७ जना सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...