नेपालमा १० हजार एचआईभी संक्रमित उपचार बाहिर  

Aids

काठमाडौँ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले नेपालमा अझै १० हजार एचआईभी संक्रमित व्यक्ति उपचारको दायरमा नआएको जनाएको छ ।

केन्द्रले ३४ औँ विश्व एड्स रोग दिवसको अवसरमा मंगलबार कार्यक्रम गरी ३० हजार ३ सय संक्रमितमध्ये २० हजार ८ सय ८३ जना व्यक्ति मात्र उपचारको दायरामा आएको जनाएको हो ।

केही वर्षयता संक्रमितको संख्यामा कमी आइरहेको भन्दै केन्द्रले एचआइभी संक्रमित उपचारमा नआउदा जोखिम बढाएको जनाएको छ । कार्यक्रममा केन्द्रका मेडिकल सुपरीटेन्डेन्ट डा. पवनकुमार साहले सन् २०१० को तुलनामा नयाँ संक्रमितको संख्यामा ६३ प्रतिशतले कमी आएको जानकारी दिए । 

सन् २०२० मा ७ सय ५४ जना मात्र नयाँ संक्रमित भेटिएको भन्दै उनले एचआईभीका कारण मृत्यु हुनेको संख्यामा समेत ५५ प्रतिशतले कमी आएको जानकारी दिए । गत वर्ष एड्सका कारण ६ सय ३६ जनाको मृत्यु भएको थियो ।

कार्यक्रममा केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले संक्रमणको उच्च जोखिममा सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु र रोजगारीका लागि विदेशिनेहरु रहेको बताइन् । एचआईभी रोकथाममा विदेशी सहायताको हिस्सा ठूलो रहेको भन्दै उनले नेपाल सरकारले रकम विनियोजन गर्न नसके कार्यक्रम सञ्चालनमा समस्या आउन सक्ने बताए ।

असमानता हटाऔँ एड्स अन्त्य गरौ भन्ने नारा सहित भोली विश्वभर एड्स दिवश मनाइदै छ । सरकारले सन् २०३० सम्ममा एचआईभी एड्स नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...