थप ५ सय ३३ जनामा कोरोना संक्रमण, ४८४ संक्रमित निको

Corona 12

काठमाडौँ । नेपालमा मंगलबार थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ९ सय १८ पिसिआर परिक्षणका क्रममा ४ सय ४३ जना र १ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १० हजार २ सय ९८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ११ हजार ४५४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै थप ४ सय ८४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९६ हजार ३ सय ६ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ६ सय १२ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस