तीनै तहको चुनावमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने पौडेलको जिकिर

Bishnu paudel

काठमाडौँ । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले आगामी चुनावपछि देश एमालेमय बन्ने बताएका छन् ।

मंगलबार रुपन्देहीमा बुटवल उपमहानगर कमिटीको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै पौडेलले अबको तीनै तहको चुनावमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने र देश एमालेमय बन्ने बताएका हुन् ।

उनले एमाले एक्लै चुनाव लडेर स्थानीय तह एवं प्रदेश र सङ्घीय संसद्मा ६० प्रतिशत भन्दा बढी नतिजा ल्याउने बताए । पौडेलले एमालेबाट स्वार्थी,पदको लालचीहरू बाहिरीपछि पार्टी झनै शक्तिशाली भएको बताउँदै दुई/चार जना बाहिरिएर पार्टीलाई कुनै असर नपरेको स्पष्ट पारेका छन् ।

पौडेलले एमालेलाई सिंहदरबारतिर हेर्ने फुर्सद नभएको बताउँदै नेपाली जनताले पार्टीलाई राम्रो चिनेकोले चुनावपछि बहुमतको सरकार निर्माणका लागी एमालेलाई रोक्ने तागत कसैसँग नभएको जिकिर गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...