एमाले अध्यक्ष ओलीको प्रश्न : परमादेश जारी गर्ने पाँचै जना न्यायधिशले राजीनामा दिनुपर्छ ?

107706883 1525171244358380 1431688682896783539 n

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट परमादेश गरेर सरकार बनाउने पाँचै जनाले राजीनामा दिनुपर्ने बताएका छन्।

पालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले पाँच जना श्रीमानले परामादेश दिएकाले प्रधानन्यायाधीशको मात्र राजीनामा मागेर नपुग्ने बताएका हुन्।

एक जनासँग मात्र किन राजीनामा माग भइरहेकाले पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र भन्दै प्रश्न गरे।  संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए।

उनले न्याय प्रणाली स्वच्छ, निष्पक्ष हुनुपर्ने स्पष्ट पारे। ओलीले राज्यका सबै अंग प्रभावकारी हुनुपर्ने धारणा राखे। एमालेले पहिले नै अदालतको फैसला गलत भएको बताएपनि अहिले आएर न्यायाधीश आफैले फैसला दुषित रहेछ भन्न थालेको बताए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...