न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराको जवाफ, ‘म राजीनामा दिन्नँ’

Cholendra jabar 32 52

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरूलाई आफूले राजीनामा नदिने जवाफ दिएका छन् ।

फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए ।

उनले सडकमा कसैले मागेको भरमा राजीनामा नदिने बताएका हुन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भने ।

प्रधानन्यायाधीशसँग १५ जना न्यायाधीशहरु छलफलका लागि पुगेका थिए । अहिले जबरालाई भेटेका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...