प्रधानन्यायाधीशसँगको भेटपछि फेरी अर्कै छलफलमा जुटे न्यायाधीशहरू  

Supreme court13

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर सर्वोच्च अदालतका न्यायाधीशहरु फेरि सामूहिक छलफलमा जुटेका छन् ।

सोमबार प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेर सामूहिक छलफल गरेका न्यायाधीशहरुले मंगलबार राणासँग भेटवार्ता गरेका हुन् ।

यता नेपाल बार एसोसिएसनको सल्लाहकार परिषदको बैठक मंगलबार बस्दैछ । विवादमा परेको भन्दै बारले पनि प्रधानन्यायाधीशको राजीनामा मागिसकेका छन् ।

हिजो बसेको १४ न्यायाधीशको बैठकले स्वतन्त्र न्यायपालिकामा प्रधानन्यायाधीश जबराले आँच पुर्याएको भन्दै राजीनामालाई बटमलाइन बनाएका थिए ।

‘संवैधानिक नियुक्ति र कार्यपालिकामा भाग खोज्ने कामले स्वतन्त्र न्यायपालिकाको गरिमा रहँदैन,’ फूलकोर्ट बहिष्कार गरेका एक न्यायाधीशले सूत्रन्यूजसँग भने, ‘हामी यत्तिकै चुप लागेर बस्न सक्दैनौं । प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ ।’

सर्वोच्च अदालतमा १४ अर्थात् बहुमत न्यायाधीशले विद्रोह गरेपछि राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने दबाब प्रधानन्यायाधीश जबरामाथि आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...