धामी बसी श्रीमती र छोरीको हत्या गर्ने तामाङ पक्राउ

Abhiyukta kamal p6szvxa2me

काठमाडौँ । इलाममा एक व्यक्तिले धामी बसी झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेका छन्।

देउमाई नगरपालिका ५ बारुङ का ३३ वर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको  हत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

आज बिहान ६ बजे उनले आफ्नै घरभित्र घर परिवारका सदस्य राखी धामी बसी विगतदेखि बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटिई गई कमल तामाङलाई नियन्त्रणमा लिएको हो। घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...