२४ घन्टामा थपिए ७८५ संक्रमित, १२ जनाकाे मृत्यु

Corona test 13

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा ७८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार २३३ आरटी पिसिआर र ४ हजार ९६२ एन्टिजेन गरी कुल १२ हजार १९५ जनामा परीक्षण गरिएकोमा ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १४ हजार ७८७ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा, १ हजार १६५ संस्थागत आइसोलेसनमा र २३१ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१४ जना र भेन्टिलेटरमा १११ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार साेमबार देशभरबाट ८८८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ७६ हजार ८३१ पुगेको छ । निको हुने दर ९६.८ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...