त्यो समाचार सत्य होइन भने रअका प्रमुख सामन्त गोयलसँगको कुरा सार्वजनिक किन नगर्ने ?

Kumar panta nishannews

समाजलाई कता डोहो¥याउने भन्ने कुराको निर्धारण कस्ता व्यक्तिले राज्य शक्तिको बागडोर सम्हालेको छ भन्ने सँग जोडिएको हुन्छ । बिचार सहि र गलतले सबै कुराको निर्धारण गर्छ भन्ने कुरा बैज्ञानिक र सत्य हुँदाहुँदै पनि त्यस बिचारको कार्यान्वयन गर्ने ठाउँमा कस्तो संस्कारबाट हुर्केको व्यक्ति पुग्छ, त्यो कम महत्वको बिषय हुँदै होइन ।

जब असहिष्णु, अहंकारी र अमर्यादित मान्छे कपट्पूर्वक राज्य सत्ताको सर्वोच्च पदमा पुग्छ, जनताको महान बलिदानीबाट प्राप्त परिवर्तन धरापमा पर्छ । विभिन्न छलकपड र तिलस्मी सपना बाढ्ने तर जनताको दैनिक जिविकोपार्जनमा सिन्कोसमेत नभाच्ने र आफ्नो सत्ता र कुर्सीको लागि जे पनि गर्न पछि नपर्ने हुन्छ ।

नेपालमा पछिल्ला दिनको घटना क्रमलाई हेर्ने हो भने राज्यसत्ताको दुरुपयोग सत्तामा बस्ने र जसले नियम कानुन र संविधानको पालना गराउनुपर्ने हो, उसबाट भएको छ । सरकार जनताको अभिभावक हो । उसले जनताको सुख दुःखमा साथ रहने र घाउमा मलम पट्टि लगाउनु पर्नेमा आफ्नो स्वार्थमा धक्का लाग्ने देखेपछि संसद बिघटनबाट तीव्र गतिमा अगाडि बढेको असंबैधानिक यात्रा आफ्ना चुण्डमुण्डको भीड जम्मा पारेर अमर्यादित र असहिष्णु गालिगलोज गर्ने, घृणा दम्भ र अहंकारको प्रदर्शन गर्ने र जनतालाई कोभिडको त्रास व्याप्त पारेर आफू गतिलै भीड जम्मा पार्ने ।

जसले बिहान बेलुकाको हातमुख जोर्नको लागि खोलेका साना होटेल रेस्टुराँ तथा पार्टी प्यालेसहरुमा बन्द गराउन पुलिस पठाउने तर आफू मैले गरेको हो नि भनेर अहंकार प्रदर्शन गर्न सयौको भीडमा उदद्धाटनमा र शिलन्यास मात्र गर्दै हिड्ने र हुँदाहुँदा समाचार लेखेको नाममा संचार गृहबाट नै सञ्चारकर्मीको गिरफ्तारीसम्म सर्वाङ्ग रुपमा प्रस्तुत भएको छ ।

रानीपोखरी, धरहराको पुनर्निर्माण सम्पन्न भएको अटाहस गरेर नियोजित रुपमा सरकारले आफुलाई संमृद्दिको पर्यावाची करार गरिरहेको छ । तर नेपाली जनता कोभिड महामारीको भयानक रुपले मानसिक र स्वास्थ्यको हिसाबले प्रताडित छन् । बजार अस्तव्यस्त छ, लाखौ श्रमिकहरु रोजगारीबाट बेदख्खल भएका छन् । तिनीहरुको उपचार र जिविकोपार्जन सहज बनाउने दिशामा यो सरकारलाई केही मतलब छैन । कोभिडको महामारीबाट आम जनतालाई कसरी सुरक्षित बनाउन सकिन्छ, त्यता केही सोच्ने फुर्सद नै छैन ।

बरु विभिन्न खालका प्रोपोगाण्डा कृतिम रुपमा सिर्जना गरि सामाजिक सद्भाव भड्काउन व्यस्त छ । कहिले धर्मको नाममा त कहिले अन्य विभिन्न नाममा सामाजिक सद्भाव बिगार्न व्यस्त छ यो सरकार । देशको सर्वोच्च कार्यकारी प्रमुख जनताको समस्यामा होइन, आफ्नै सहयोद्दा साथीहरुको मानमर्दन गर्नमा नै व्यस्त छन् । सामाजिक सञ्जाल र मिडियाहरुमा देशको कार्यकारी प्रमुखको कमेडी हेर्न र सुन्न विवस छन् जनता । यो महामारीमा सरकारबाट केही राहत सहयोग पाउने आशामा बाँचेका जनता उनीबाट अमर्यादित कुर्सीको खेलबाट आजित छन् ।

लोकतन्त्रको मौलिक बिशेषता भनेको वाक स्वतन्त्रता हो । जहाँ सबैले स्वतन्त्रतापूर्वक आफ्ना बिचार भावना अभिव्यक्त गर्न सक्छन् । जब सत्ता निरंकुश हुन थाल्छ, त्यसले पहिलो निशाना प्रेसलाई बनाउँछ । सत्ता जहिले पनि कलमसँग सबभन्दा बढी त्रसित हुन्छ । त्यही त्रासताको प्रमाण हो उज्यालो नेटवर्कमा भएको धरपकट र गिरफ्तारी । असावधानीवस समाचार प्रकाशित भएकोमा भुल सुधार गरिसकेको र उच्च अदालतले समेत समाचार प्रकाशन गरेको कारणबाट पत्रकारको गिरफ्तार नगर्न आदेश गरिसकेको अवस्थामा त्यो आदेश समेतको उलंघन गरी गिरफ्तारी किन ?

यो लोकतन्त्र ओली र उसको झुण्डलाई मात्र अएको हो ? असावधानीवस भुल भयो भनी क्षमायाचना गरिसकेपछि फेरि त्यही इस्युमा किन गिरफ्तार ? त्यो प्रकाशित समाचार सत्य त होइन ? आम जनता र बौद्धिक जगतले र प्रमुख सामन्त गोयलसँग के कुरा भयो सार्वजनिक गर भन्दा नगर्ने तर पत्रकारमाथी यति धेरै निशाना किन ? आम जनता यसको जवाफ खोजी रहेका छन् ।

यो सरकार समाजमा असहिष्णुता र अहंकार बाढिरहेको छ । आफ्नै पार्टीको कार्यकर्ता बालिका खड्का वर्षौदेखि पार्टी भित्रकै एउटा नेताबाट हिंसामा परे भनी सडकमा रुँदै बिलौना गरी हिडिरहेकी छन् । ओली नेतृत्वको पार्टी र सरकार कानमा तेल हालेर बस्छ । के बालिकाहरुले न्याय पाउनु पर्दैन ? आफूमाथी गम्भीर आँचरणसम्बन्धी प्रश्न खडा भएपछि सत्ताको सिंहाशनमा बिराजमानहरुले उत्तर दिने सामान्य नैतिकता देखाउनु पर्दैन ? यो अहंकार र घमण्डको प्रहसनविरुद्ध सम्पूर्ण एकजुट हुन जरुरी छ । यो सरकारले गरेको यी गतिविधि सामाजिक रुपमा अमर्यादित र अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुस हो । नागरिक समाज बौदिकजगत आम नेपाली यो बेथितिको विरुद्ध एकजुट हुन ढिला नगर्ने कि ?

देश भड्खालोमा पुगिसकेको अवस्थामा पनि हामी मौन बस्ने हो भने ओली सरकारले लोकप्रियताको नाममा देशलाई अरुको हातमा सुम्पिन बेर छैन । तसर्थ ओलीवादविरुद्ध अहिले नै लाग्नुपर्ने अवस्था आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...