वर्तमान अस्थिरताको निकास : एकमात्र विकल्प राष्ट्रिय सरकार निर्माण

Gobinda niraula nishannews

आज हामीहरु देशको बदलिदो राजनीतिक परिस्थिति, उताव—चडाव, बाह्य हस्तक्षेप र सत्ताधारीहरुको आन्तरिक कलहले उत्पन्न गराएको अस्थिरता बारे छलफल गर्दै सिर्जना हुनसक्ने दूर्घटनाको सामना गर्न तथा पार्टीको विचारलाई शसक्त बनाउदै आफ्ना उद्देस्य पुरा गर्नको लागि दृढ अढानका साथ उपस्थित भएका छौं । देश विघटनको बाटोमा लम्किरहेको छ । नेपाली जनताहरु गास, बास, कपासका लागि समेत विदेशिन बाध्य हुनु चिन्ताको विषय हुन्छ ।

मुलुकको सुरक्षा प्रणाली खच्किदो अवस्थामा छ । वीर गोरखाजको नामले विश्व मुलुकमा तैनाद भएका नेपाली सपुतहरु समानताको मागसहित आन्दोलित भएका देखिएका छन् । उत्पादनको अवस्था शुन्य छ । निर्यात बजार न्यून हुनु आर्थिक आम्दानी कम हुन्छ । जहाँ आर्थिक बजार कम हुन्छ, राष्ट्रिय अपराधका घटनाहरु बढेर जान्छन् । हामीहरु जनतालाई सम्पन्न र राज्यलाई सम्वृद्ध बनाउने कुरामा प्रतिज्ञारत छौं ।

म अत्यन्त चिन्तित भएको छु । कारण मुलुक अधिनायक सर्वसत्तावाद र क्रुर निरंकुशताको बाटोमा अग्रसर भइरहेछ । राज्यमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, गरिवी, तस्करी, कालोबजारी, हत्या, अपहरण र बलात्कार जस्ता जघन्य अपराधलाई सधैंभरी हेरेर बसिरहने अवस्था छैन । गरिवीको कारण चित्कारमा फसेका जनताहरु अन्यौलग्रस्त हुँदा देशमा प्रवेश हुने बाह्य आतंकवादी शक्तिहरुको प्रभाव त्यतिकै खतर्नाक हुन्छ । यावत समस्या समाधानको निम्ति शासनसत्ताको नियन्त्रण आवस्यक छ । विश्व साम्राज्य होस वा क्षेत्रीय विस्तारवाद, उनीहरुवाट नेपालमा हुने गरेको हस्तक्षेपप्रति घोर आपत्ति प्रकट गर्दछु । आन्तरिक अतिवादसँग अत्यन्त विमति रहेको छ ।

हामीहरु पहिले राष्ट्रवादी हौं अनि प्रजातन्त्रवादी । नेपाल समाजवादी कांग्रेस राष्ट्रवादी भएको कारण यसलाई विध्वंस पार्ने तत्वहरु त्यतिकै सलबलाएका छन् । उनीहरु को हुन् ? हामीले चिनेको हुँदैन । चिनेको हुन्छ । तथापि तिमीहरु यस्तो हौं भन्न मिल्दैन । यसै प्रसंगमा २००७ सालको प्रजातन्त्रपछि कोशी, गण्डकी, भारतलाई बुझाउने काम भएको छ । २०४६ को प्रजातन्त्रले टनकपुर र महाकाली भारतलाई बुझाएको कुरा भुल्यौ भने हामीहरुले पनि देशको संरक्षण गर्न सक्दैनौ ।

लिपुलेक, लिपियाधुरा कालापानी, क्षेत्र मात्र नभएर रुईगाउसमेत विदेशीको पोल्टामा सुम्पिएको कुरा बाहिर आएको छ । भारतीय बजार बिस्तार निम्ति हेटौडा कपडा उद्योग, जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी मिल्स, गैडाकोट कागज, बाँसबारी जुत्ता जस्ता उद्योगको समाप्ती गर्नु हाम्रा लागि प्रजातन्त्र प्राप्ति भएको मान्न सकिन्न । अर्थात् म प्रजातन्त्रको निम्ति भनेर कसैसँग देशको माटो र नागरिकहरुको अस्तित्व साट्न सक्दिनँ । नत निरंकुश राज्यसत्तालाई प्रजातान्त्रिक मान्न सक्छु ।

प्रसँग अति नै जटिल छ । २०५२ बाट सुरु भएको माओवादी आतंकभित्र राष्ट्रप्रमुखको हत्या हुँदा राजसंस्थाको विघटन हुनु घटना सामान्य मान्नु हुँदैन । नत भुकम्पको धक्काले चिरा चिरा पारेको देशमा नाकाबन्दीको वितण्डता सही थियो, समयलाई स्मरण गर्न जरुरी छ । अहिलेको अस्थिरता राज्य विघटनको मनसायले अघि बढेको देखिएको हुँदा चनाखो रहन जरुरी छ । सडकमा देख्नुभएको राजावादी शक्ति भन्नुस्, यात संसदमा देखिएको गणतन्त्र र धर्मनिरपेक्षतावादी, दुबै झुण्डमा एउटै अनुहार देखिएका छन् । राजा ज्ञानेन्द्र बिचलित अवस्थामा देखिउकाहरुलाई संरक्षण गर्न सकेनौ भने आत्मा समर्पणवादी मानसिकताको विकास हुन सक्दछ । कारण हामीहरु राष्ट्रिय एकता चाहन्छौ । राष्ट्रिय एकताले मात्र मुलुकको संरक्षण गर्न सक्दछ ।

स्पस्ट हुनुपर्दछ, हाम्रो आफ्नो पार्टीभित्र पनि त्यस्ता नियतबाट प्रभावित मानिसहरुको प्रवेश हुन सक्दछ । त्यस्ता मानिसहरु विभिन्न आग्रह र पुर्वाग्रह लिएर सुपरियर बनेका हुन्छन । प्रलोभन जीवनको अभिन्न ऐजेरु हुन्छ र परजिवीहरु त्यसरी नै बाचेका हुन्छन् । सबै किसिमका अवरोधहरु पार गर्र्र्दै आफ्नो गन्तव्यका निम्ति अघि बढौ । एकताको आत्मावल बारुदी मिसायल्स भन्दा शक्तिशाली हुन्छ । उपलव्धि निश्चित छ ।

नेपाल समाजवादी काग्रेसको उद्देस्य राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, राष्ट्रिय एकता र विकास हुनु स्वधिनता, समानता, स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता र एकताप्रति सधैंभरी प्रतिवद्ध रहेको हुन्छ । जुन उद्देस्य र प्रतिवद्धताहरु छन् । त्यसको उपलव्धि राष्ट्रिय एकता विना सम्भव छैन । त्यसैको लागि संवैधानिक प्रजातन्त्र, हिन्दु राज्य, समाजवादी अर्थनीति, स्थानीय स्वशासन, विशेष अधिकारसहितको राजसंस्था, स्पस्ट बिचार अघि सारेका छौं । पार्टीले क्षमता र आवश्यकता अनुसारको जिम्मेवारी उपयुक्तताका साथ बाँडफाँट गरेको छ ।

जब नेपालमा हत्या हिंसाको राजनीति सुरु भयो, तत्कालिन राज्य व्यवस्थाले देश र जनताको संरक्षण गर्न सक्दैन भन्ने निश्कर्षका साथ एउटा प्रजातान्त्रिक पार्टीको निर्माण गर्ने कुराको आवश्यकता महसुस गर्याै । माओवादी आतंकले ग्रसित जनताको आत्ममा सुरक्षा पैदा गर्न एउटा राजनीतिक पार्टी जन्मनु आवश्यक थियो । अत्यन्त मेहनतका साथ नेपाल समाजवादी कांग्रेसको गठन भएको छ । पार्टी निर्माण गर्ने कार्यको संंयोजक म आफैँ थिए । अन्य संस्थापक सदस्यहरुले त्यति नै मेहनत गर्नुभएको छ । जटिल कार्य २१ औं शताव्दीको प्रजातन्त्रको व्याख्या गर्नु, पार्टीको उद्देस्य र अवधारणाहरु स्पस्ट गर्नु, सामाग्रीहरु प्रकाशित गर्नु, धेरै किताव र पम्ल्पेटहरु प्रकाशित गरिसकेका छौं । लिपिवद्ध गर्ने कुरामा मेरो अथक प्रयास रहेको छ । विश्लेषण र विवेचना गर्ने कार्य तपाइहरु जस्ता विद्धान साथिहरुले गर्नु हुनेछ । मलाई विश्वास छ, मेरा साथीहरु स्वस्थ्य विवेचनामा सरिक हुनु हुने छ ।

जुनसुकै राजनीतिक पार्टी होस्, उद्देस्यका साथ गठन भन्नुस् यात त्यसलाई बचाउन अति नै गाह्रो छ । यो भएन र त्या भएन भनेर भन्न सजिलो छ । के भएन र के गर्नु पर्दछ भन्न चाँही कठिन छ । देश सारा नेपालीहरुको जिवन भएकोले त्यसको विरुद्ध बोल्नु महाअपराध हुन्छ । राष्ट्रनिर्माता पृथ्वी नारायण शाह र मातृभूूमि नेपाल विरुद्धका कुराहरु जहिले पनि घृणित हुन्छन् । म पार्टीका सबै साथीहरुलाई जिम्मेवार हुन अनुरोध गर्दछु । पार्टी एकता गर्नुपर्दछ जस्ता कुराहरु पनि काँही कतै सुनिएको छ । कसैको व्यक्तिगत स्वार्थका लागि नेपाल समाजवादी कांग्रेस कोही कसैसँग विलय हुन सक्दैन । कार्यगत एकताको कुरामा समय र परिस्थितिअनुसार उद्देस्य र बिचार स्पस्ट भएको राजनीतिक पार्टीसँग हुनसक्दछ ।

पार्टी प्रजातान्त्रिक हुन जरुरी छ । नेपाल समाजवादी कांग्रेसले अघि सारेको नीति आत्मसाथ गरेको हुनुपर्दछ । तथापि एकता उपलव्धिपूर्ण भएन भने त्यसको महत्व निरर्थक हुन्छ । वर्तमान अस्थिरताको निकास नेपाल समाजवादी कांग्रेस सहितको राष्ट्रिय सरकार भएकोले त्यो विषयलाई शसक्त बनाउँदै दिर्घकालीन समस्या समाधान निम्ति नेपालको संविधान २०७२ को खारेजी तथा नयाँ संविधानको घोषणा भन्ने आवाज बुलन्द गर्न सबै जिम्मेवारीपूर्ण तरिकाले पार्टीलाई बलियो बनाउने कार्यमा लाग्नुपर्छ । यसो गरियो भने जनता साथमा रहन्छन् ।

(निरौला नेपाल समाजवादी कांग्रेसका अध्यक्ष हुन्)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संक्रमित भएर छट्पटिँदै अस्पतालसम्म पुग्दाको त्यो पल म कहिले भुलुलाँ र ?

Yam kumari dadel

मोबाईलको घण्टी बज्यो । मेरी आमाको फोन रहेछ म : हेलो !आमा : शुभ–आशिर्वाद ! नानी घर कहिले आउने ?म ...