कोरोना संक्रमण बढ्दै : उपत्यका भित्रिने नाकाकोमा न सुरक्षा सावधानी   

Saga naka

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका भित्रिने मुख्य दुई नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेकजाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ।

आइतबार अपराह्न काठमाडौँ भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वीनाका साँगा भञ्ज्याङमा कुनैपनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन। सवारीसाधनमा रहेका यात्रु तथा कर्मचारी स्वयंले पनि सुरक्षाको उपायरसावधानी अपनाएको देखिएन। तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएको देखिएन। यी दृश्यले काठमाडौँ उपत्यकामा संक्रमणको जोखिमलाई बढाएको छ।

मास्क लगाउने, दूरी कायम गर्ने कुनैपनि सुरक्षा सावधानीको उपायको न्यूनतम रुपमा पनि प्रयोग भएको छैन। यात्रुहरु बिना मास्क कुनै भौतिक दूरी कायम नगरी जोखिमपूर्ण रुपमा उपत्यका प्रवेश गरिरहेका छन्। यता, काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...