शिवपुरीको जंगलमा लागेको डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग

Sibapuri jangal

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो ।

आइतबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेको थियो ।

बूढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलका अनुसार हेलिकोप्टरले एक पटकमा ५ सय लिटर पानी बोक्न मिल्छ ।

डढेलो निभाउन सेना, प्रहरी, महानगरपालिका र निकुञ्ज कर्मचारी लगायत खटिएका छन् । जंगलको डढेलो निभाउन सेनाको दमकलका साथै हेलिकप्टरको प्रयोग गरिएको छ ।

सैनिक मुख्यालयका अनुसार सेनाका तीनवटा दमकल डढेलो नियन्त्रणका लागि पठाइएको र डढेलो लगभग नियन्त्रणमा रहेको छ । स्थानीयका अनुसार आइतबार बिहानदेखि डढेलो लागेको हो ।

माथिल्लो जंगली भेगमा लागेको डढेलो नियन्त्रणमा आउन लागे पनि अहिले डढेलो फेंदतिर रहेका बस्तीतिर सर्दै छ । डढेलो नियन्त्रणको प्रयास जारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...