माधव–झलनाथ समूहद्धारा पारित प्रस्तावमा के–के छन् ?

नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा

Madhav kumar nepal samuha

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ ।माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा पनि गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेला गरेको यो समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने बताएको हो ।

लललिपुरमा चैत ४ र ५ गते उक्त समूहले गरेको राष्ट्रिय कार्यकर्ता भेलाले गत २८ गते ओलीले गरेको निर्णयको विरोध गर्ने निर्णय गरेको छ । भेलाको समापनपछि विहिबार आयोजित पत्रकार सम्मेलनमा भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिएको हो ।

भेलामा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्की दिएको भन्दै सम्मेलनले गुट र सत्ता स्वार्थमा पार्टीको दुरुपयोग नगर्न ओलीलाई आग्रह समेत गरेका छन् । त्यस्तै कोरोना महामारीको खोपको भरपर्दो व्यवस्था गर्न पनि माग गरेको छ ।

त्यसको निष्कर्ष पनि २ जेठ २०७५ सम्म कायम भएका पार्टी कमिटी, जनवर्गीय पेशागत कमिटी, केन्द्रीय विभाग र सम्पर्क मञ्च लगायतका सबै कमिटीलाई सक्रिय बनाउनु रहेको भन्दै सचिव योगेश भट्टराईले भने, ‘केपी ओली समूहबाट त्यसमाथि षड्यन्त्र हुँदैछ, हामी त्यो कमिटीको बदलामा बनाइएका कुनै पनि संरचना स्वीकार गर्दैनौं ।’

प्रतिवेदनमा हेर्नुस्

प्रतिकृया दिनुहोस