प्रचण्ड–नेपाल समुहका हेमराज भण्डारी भन्छन्, राष्ट्रबादको पगरी भिरेर ओली राष्ट्रघातको पक्षमा लागे

Dkt nekapa news

धनकुटा । प्रचण्ड–नेपाल समुहको नेकपाका केन्द्रिय सदस्य हेमराज भण्डारीले आफुलाई राष्ट्रबादको पगरी भिरेर केपी ओली राष्ट्रघातको पक्षमा लागेको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड नेपाल समूहले धनकुटा अध्यक्षमा अध्यक्ष दुर्गा लिंखा सहित विभिन्न स्थानीय तहमा गरिएको कमिटिलाई पूर्णता दिन आयोजना गरेको कार्यक्रममा केन्द्रिय सदस्य भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रघातको बाटोमा लागेका कारण बहुमतको सरकार हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेको आरोप पनि लगाए ।

जिल्ला इन्चार्जसमेत रहेका भण्डारीले राष्ट्रघातको श्रंखला स्वरुप नै पार्टी फुटाएर भए पनि एमसीसी पास गराउने खोजेको बताए । आफु कमजोर बन्दै गएपछि ओलीले अनेकौ तिकडम गर्न थालेको बताउँदै भण्डारीले ओलीकै कारण नेपालमा कम्युनिष्ट पार्टी कमजोर बनेको आरोप लगाए ।

जिल्लाका जनप्रतिनिधिहरुले गरेको भ्रष्टाचारको पोल खुल्ने डरले ओली समुहमा लागेको आरोपसमेत लगाए । बाटो बिराएर ओली समुहमा लागेका सबै जनप्रतिनिधि, नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुलाई मुल पार्टीमा फर्किन आग्रह गर्दै भण्डारीले जनप्रतिनिधिहरु नसच्चिए भण्डाफोर अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

जिल्ला कमिटीले पायो पूर्णता
धनकुटामा नेकपा प्रचण्ड–नेपाल समूहको जिल्ला कमिटीले पूर्णता पाएको छ । पूर्व एमाले र पूर्व माओवादीका एकता भइ बनेको नेकपाको जिल्ला कमिटी अध्यक्ष सहित केही सदस्य ओली समूहमा लागेपछि खाली भएको संख्या पदपूति गर्दै पूर्णता दिइएको हो ।

पार्टी एकतापछि अध्यक्ष बनेका राजेन्द्र राई ओली समूहमा लागेपछि प्रचण्ड–नेपाल समूहले धनकुटा अध्यक्षमा दुर्गा लिंखालाई चयन गरेको थियो । पार्टी एकतापछि बनेको १ सय ३७ सदस्यीय जिल्ला कमिटीमा ७४ जना मात्र प्रचण्ड नेपाल समूहमा रहेको बाँकी रहेको ६३ जनाको पदपूर्ति गरि सफत ग्रहण गरिएको सचिव ऋषीराम ढुंगानाले जानकारी दिए ।

प्रचण्ड–नेपाल समुहको नेकपाले धनकुटा सात वटै स्थानीय तहको अध्यक्ष सचिबको चयन गरेर पद तथा गोपनियताको सपथ पनि गराएको छ ।

जसमा धनकुटा नगरपालिकाको अध्यक्ष खगेन्द्र विष्ट, सचिव सुजनभाई जोशी, चौविसे गाउँपालिकाको अध्यक्ष इन्द्र खत्री, सचिव बुदराज याख्खा, सहिदभूमि गाउँपालिकाको अध्यक्ष भीमलाल राई, सचिव गोपाल राई र पाख्रिबास नगरपालिकाको अध्यक्षमा शोवित निरौला, सचिव बलराम खड्का छन् ।

यस्तै साँगुरीगढी गाउँपालिका अध्यक्ष जगत राई, सचिव अनिल किँराती, छथर जोरपाटी गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र कार्की, सचिव चेत राना मगर र महालक्ष्मी नगरपालिकामा अध्यक्ष प्रेम खड्का चयन भएका छन् । महालक्ष्मी नगरपालिकामा सचिव भने चयन गरिएको छैन ।

प्रतिकृया दिनुहोस