काठमाडौंबाट इन्डोनेसियाको जर्कातामा सिधा हवाई उडान हुने

Garuda mxbatfvqoe

काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा उडानबाट जोडिने भएका छन् । यसका लागि इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले राजधानी जकार्ताबाट काठमाडौंका लागि सिधा उडान गर्न लागेको हो ।

सोही प्रयोजनका लागि कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गरेको छ । सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसकी सञ्चालन विभाग प्रमुख संगिता रौनियारका अनुसार आगामी जुन(जुलाईबाट गरुडा इन्डोनेसियाले इन्डोनेसियाको राजधानी जाकार्तास्थित सोइकर्नो हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलमा सिधा उडानको योजना बनाएको छ ।

इन्डोनेसियामा नेपालको राष्ट्रिय ध्जवाबाहक वायुसेवा कम्पनीले समेत उडानको योजना बनाएको छ । नेपाल वायुसेवा निगमको १० वर्षे व्यवसायिक कार्ययोजना अनुसार सन् २०२३ बाट मात्र नेपाल वायुसेवा निगम वाइडबडी जहाजसहित इन्डोनेसियामा सेवा बिस्तारको योजना रहेको छ ।

अहिले इन्डोनेसिया जाने यात्रुका लागि मलेसियाबाट मालिन्दो एयरले उडान गरिरहेको छ । यसले क्वालालाम्पुरमा ट्रान्जिट गरी इन्डोनेसिया उडाइरहेको छ । गरुडा आएपछि क्वालालाम्पुर ट्रान्जिट हुनुपर्ने बाध्यता समेत हट्ने भएको छ ।

गरुडा इण्डोनेसिया उक्त मुलुकको सरकारी वायुसेवा कम्पनी हो । उक्त कम्पनीले अहिले जाकार्तालाई ६० भन्दा बढी गन्तब्यसँग जोडेको छ । पछिल्लो समय इन्डोनेसिया नेपाली आउटवाउन्ड पर्यटकका लागि आकर्षक गन्तब्य हो । यहाँका जाकार्ता, बालीलगायत गन्तब्यमा नेपाली यात्रुको चाप बढेको छ । काठमाडौं जाकार्ता उडानले नेपाली र इन्डोनेसियाबाट नेपाल आउने दुबै गन्तब्यका यात्रु लाभान्वित हुने सर्भिसकी सञ्चालन विभाग प्रमुख रौनियारले बताइन् ।

उनका अनुसार यसबाहेक नेपालबाट जापान र अष्टे्रलिया जाने र त्यहाँबाट र्फकने यात्रुले समेत सेवा पाउने छन् । काठमाडौंबाट ती दुई मुलुकका लागि गरुडाले जाकार्तामा ट्रान्जिट गरी सेवा दिने योजना समेत बनाएको छ । जापानमा नेपालबाट नेपाल वायुसेवा निगमले सिधा उडान गरिरहेको छ ।

इन्डोनेसियाले नेपाली यात्रुका लागि अनअराइभल भिसा सुविधा समेत दिएको छ । सोहीकारण बीना झन्झट यात्राका लागि नेपाली आउटबाउन्ड पर्यटकको आकर्षण यस मुलुकतर्फ रहेको छ । रौनियारका अनुसार कम्पनीले इन्डोनेसिया जाने यात्रुका लागि टिकेटिङसहितका सेवा भने शुरु गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...