ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु

Kp ncp

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली खेमाले बोलाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु भएको छ ।

पार्टी अध्यक्ष समेत रहेका ओलीले बोलाएको बैठकमा उनी पक्षका नेताहरु सामेल छन् । यस्तै केही नेताहरुले खेमा परिवर्तन गरि सो बैठकमा सहभागिता जनाएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनको संघारमा पुगेको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक दिउँसो बस्दैछ । दुवै पक्षले एकअर्काले बोलाएको बैठकलाई अवैध भनेका छन् । दुवै खेमा एकअर्कालाई कारवाही गर्ने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस