डेटलाइन होम आइसोलेसन : करोनासँग आतंकित होइन, सचेत हौं

Tekraj thami

अमेरिकी सिआईए (सेन्टर इन्टेलिजेन्स एजेन्सि) का अनुसार नेपालको मृत्यू दर प्रति वर्ष एक हजारमा ५.७ जना हो । अर्थात् नेपालमा प्रति एक लाख ५७ सय मानिसको प्रत्येक वर्ष मृत्यू हुन्छ । यसलाई आधार मान्दा प्रति दिन एक लाखमा नेपालमा मृत्यू हुनेको संख्या १५.६१ हो । अर्थात् नेपालमा प्रति दिन प्रति लाख १५.६१ मानिसको मृत्यू हुन्छ । यसलाई अहिलेको कोरोना महामारीसँग तुलना गरि हेरौं ।

बुधबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९ सय ९६ पुगेको छ । यस अवधिमा ६ सय ७५ को मृत्यू भएको छ । चैतदेखि असोजसम्मको दिन गन्ति हिसाव गर्दा प्रत्येक दिन ३.०७ कोरोना संक्रमितको मृत्यू भएको देखिन्छ । यसलाई सामान्यकृत गरेर हेरौं ।

नेपालमा प्रति लाख प्रति दिन १५.६१ जनाको मृत्यू हुन्छ भने एक लाख ११ हजार ८०२ कोरोना संक्रमित मध्ये ६ सय ४५ को मृत्यू भयावह होइन । सामान्य अवस्था रहेको भए पनि त्यति परिमाणको मृत्यू हुने नै थियो । त्यसो हुँदा कोरोना हल्ला गरिए जस्तो भयानक महामारी होइन । संक्रमण हुनसाथ आतंकित हुनु पर्दैन । केही दिनको आरामपछि यो आफै ठिक हुन्छ । सचेतनाका उपाय अपनाउन सके दीर्घ रोगीले पनि यसलाई पराजित गर्न सक्छन् ।

पुर्वीय आर्युवेद् विज्ञानको अब्बल औषधिजन्य आविस्कार हो बेसार । जसलाई पश्चिमा चिकित्सा विज्ञानले औषधि ठान्दैन । यसमा उसको एउटै स्वार्थ छ, त्यो हो आफ्नो कारखानामा उत्पादित औषधि र मेडिकल सामाग्रीको एकछत्र बिक्रि । सोही ‘कन्स्पेरेसि थ्यौरी’ अन्तरगत उसले आफ्नो एजेण्डा घुसाएको छ । आफु अनुकुल शैक्षिक प्रणाली बनाएको छ । जुन फ्रेमवर्कले मुटु चिर्ने तरिका सिकाउँछ । तर चिर्न प्रयोग हुने औजार बनाउन सिकाउँदैन । किनकी ती औजार ऊ आफैँ उत्पादन गर्छ । भारी मुल्यमा हामीलाई बेच्छ ।

त्यही ‘थ्यौरी’का उत्पादन हुन्, जसले बेसारलाई मात्र होइन, पुर्वीय आर्युवेद् विज्ञानबाट अन्वेषित कुनै पनि औषधिजन्य पदार्थलाई औषधि ठान्दैनन् । हुँदाहुँदा बेसार प्रधानमन्त्री केपी ओली बिरोधको बिम्ब नै बन्यो । वास्तवमा कोरोनासँग लड्ने अचुक हतियार बन्यो बेसार मेरा लागि । त्यसमा गोदावरी फुल, गुर्जो, दालचिनी मिलाएर काँडापानी पिउन सके अझ उत्तम हुने मेरो अनुभवले भन्छ ।

त्यसो हुँदा कोरोना हल्ला गरिए जस्तो भयानक महामारी होइन । संक्रमण हुनसाथ आतंकित हुनु पर्दैन । केही दिनको आरामपछि यो आफैँ ठिक हुन्छ । कथामकदाचित कोरोना संक्रमण भइहाले पनि आफ्नो मनलाई बलियो बनाएर अघि बढ्ने प्रयास गर्नुपर्छ । सचेतनाका उपाय अपनाउन सके दीर्घ रोगीले पनि यसलाई पराजित गर्न सक्छन् । बरु सतर्कता अपनाउनुपर्छ । जति सतर्कता अपनायो, त्यति नै कोरोना संक्रमण हुनबाट बचिन्छ ।

(थामी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हुन् ।)

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...