भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

1602177134

नयाँ दिल्ली । भारतीय केन्द्रीय मन्त्रीको निधन भएको छ । उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरणमन्त्री रामविलास पासवानको निधन भएको भारतीय सञ्चारमाध्यामले जनाएको हुन् । मन्त्री पासवान लामो समयदेखि अस्वस्थ थिए ।

गएराति उनको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्री पासवानका छोरा एवं भारतीय लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्वीटरमार्फत् आफ्ना पिताको निधन भएको जानकारी गराएका छन् ।

मन्त्री पासवानले केही समयअघि मात्रै मुटुको शल्यक्रिया गराएका थिए । पाँच दशक लामो समयदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतीय राजनीतिका प्रमुख दलित नेता मानिन्थे । उनी भारतको लोकसभा सदस्यमा आठ पटक निर्वाचित भएका नेता हुन् । अहिले भने उनी राज्यभा सदस्य थिए ।

प्रतिकृया दिनुहोस