सुशान्तको आत्महत्यासँग जोडिएकी रिया चक्रवर्तीको रिहाइ ?

Riya chakrawarti rxg4wzvqng

एजेन्सी  । बलिउडकी अभिनेत्री रिया चक्रवर्तीलाई सुशान्त सिंह राजपूतको आत्महत्या मामिलामा जोडिएको ड्रग्स केसमा मुम्बई उच्च अदालतले जमानत दिएको छ । रियाका भाइ शौविकको जमानत रिट भने अदालतले खारेज गरिदिएको छ ।

रियालाई जमानतमा रिहा गराउने अदालतको फैसलासँगै रिया पक्षधर कलाकारहरूले उनलाई फँसाउन खोज्नेहरूले माफी माग्नुपर्ने बताएका छन् ।अभिनेता फरहान अख्तरले एक ट्वीट लेखेका छन्, ‘के अब न्यूज एंकरहरूले रिया र उनको परिवारसँग माफी माग्छन् ? उनले लेखेको यो ट्वीट भाइरल भएको छ ।

अन्य कलाकारहरू अनुभव सिन्हा, शिवानी दांदेकर, स्वरा भास्कर, हंसल मेहता, फराह खान अली लगायत धेरैले रियाको जमानतमा खुसी प्रकट गरेका छन् । रिया १ लाख धरौटीमा रिहा भएकी हुन् । रिहा भएपछि उनले १० दिनसम्म नजिकको प्रहरी चौकीमा हाजिर लगाउन जानुपर्नेछ । रियाले पासपोर्ट प्रशासनमा बुझाउनुपर्ने छ र उनी अदालतको अनुमतिबिना विदेश जान पाउनेछैनन् । रियासँगै अदालतले दिपेश र स्यामुअललाई पनि धरौटीमा रिहा गरेको छ ।

जाँच एजेन्सी नार्कोटिक्स कन्ट्रोल ब्यूरो एनसीबीले भने रियाको जमानतको विरोध गरेको छ । एनसीबीको तर्फबाट अनिल सिंहले अदालतमा रियाले सुशान्तका लागि मात्र ड्रग्स किन्ने नभई अन्य प्रयोजनका लागि पनि किन्ने गरेको बयान दिएका थिए ।

प्रतिकृया दिनुहोस