कोरोनाबारे ट्रम्पको भ्रामक स्टाटस फेसबुकले हटायो

Trump 20200712061440

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) बारे गरेको ‘भ्रामक’ टिप्पणी भएको स्टाटस फेसबुकले हटाइदिएको छ । कोभिड–१९ मौसमी फ्लूभन्दा सामान्य र कम घातक भएको भन्ने पोस्टलाई फेसबुकले मंगलबार हटाइदिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसको पुष्टि फेसबुकका प्रवक्ता एन्डी स्टोनले पुष्टि गरेका हुन् । उनका अनुसार कोभिड–१९ का नियम विपरीत उक्त पोस्टले गलत सूचना प्रवाह गरेका कारण हटाइएको हो । राष्ट्रपति ट्रम्प अहिले आफैँ कोरोना संक्रमित रहेका छन् । तैपनि उनले यसलाई गम्भीरतासाथ नलिएको टिप्पणी भइरहेको छ । उनी शुक्रबार सैनिक अस्पताल भर्ना भएर सोमबार मात्र ह्वाइटहाउस फर्किएका थिए ।

यसअघि अगस्ट महिनामा पनि कोभिड–१९ बारे भ्रामक सूचना फैलाउने भन्दै ट्वीटरले उनको पोस्ट हटाएको थियो । त्यसबेला उनले फक्स न्यूजलाई अन्तरवार्ता दिएको भिडियो क्लिप ट्वीटरमा सेयर गरेका थिए ।

कोरोनाबाट हाल अमेरिका सबभन्दा बढी आक्रान्त बनेको छ । अहिलेसम्म अमेरिकामा ७४ लाख ९९ हजार संक्रमित हुँदा २ लाख १० हजार ८७४ ले ज्यान गुमाइसकेका छन् ।

 

प्रतिकृया दिनुहोस