बलिउडमा ड्रग्स केसः दीपिका, सारा र श्रद्धासँग एनसीबीले आज गर्दैछ सवाल–जवाफ

Saraa sixteen nine m2neqvsjjc

एजेन्सी । यतिखेर बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर भारतीय प्रहरी, नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) लगायतले विभिन्न शैलीमा अनुसन्धान गरिरहेको छ ।

पछिल्ला दिनहरूमा यस अनुसन्धान लागुऔषध ड्रग्सतर्फ मोडिएको छ र यसले निकै चर्चा पनि पाइरहेको छ । बलिउडका चर्चित अभिनेत्रीहरू यस केसमा फसेका छन् ।

बिहान १० बजेका लागि एनसीबीले दीपिका पादुकोणलाई बोलाएको छ । अहिले दीपिका र करिश्माबीचको ड्रग्स च्याट भाइरल भइरहेको छ । ह्वाट्सएप च्याटमा दीपिका ड्रग्सको कुराकानी गरिरहेकी देखिन्छन् ।

ह्वाट्सएप ग्रुपमा दीपिका र करिश्माबीच भएको कुराकानी भाइरल भएको हो । जुन ग्रुपको एडमिन दीपिका नै हुन् । यतिखेर बलिउड फ्यानहरूको ध्यान दीपिकामाथिको अनुसन्धानतर्फ तानिएको छ ।

एनसीबीले आजै सारा अली खान र श्रद्धा कपूरसँग पनि सोधपुछ गर्ने बताइएको छ । शुक्रवार एनसीबीले रकुलप्रीत सिंहसँग कुराकानी गरेको थियो । त्यहाँ रकुलले ड्रग्स आफ्नो घरमा भएको तर त्यो आफूले नभई रिया चक्रवर्तीले राखेको बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...