विश्वमा कोरोनाबाट ९ लाख ३२ हजार बढीको मृत्यु

Corona world

काठमाडौँ । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार बढीको मृत्यु भएको छ । एकैदिन थप ४ हजार ३५२ जनाको मृत्यु भएसँगै ९ लाख ३२ हजार ४२२ पुगेको छ । विश्वभर २ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९४ लाख ३७ हजार नाघेको छ ।

एकै दिन २ लाख ४७ हजार ९८४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । वर्ल्डोमिटर्सका अनुसार मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १२ लाख ७३ हजार ३०४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १२ हजार ९१३ जनाको मृत्यु भएको छ । ४१ लाख २५ हजार ४१८ जना संक्रमित भएकोमा २२ लाख ५५ हजार १३३ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९० हजार ६१६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८० लाख ३८ हजार ९७० पुगेको छ । त्यसमध्ये ४९ लाख २८ हजार २१७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६६ हजार १४४ जनाको मृत्यु भएको छ । ८७ लाख १७ हजार ८० जना संक्रमित भएकोमा ७० लाख ६१ हजार ७९३ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २९ हजार २६७ जनाको मृत्यु भएको छ । ७१ लाख ५९ हजार १०६ जना संक्रमित भएकोमा ५८ लाख ९० हजार ३२९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३२ हजार ८४९ जनाको ज्यान गएको छ भने १३ लाख ६६ हजार १३८ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख १० हजार ९७१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८५० जनाको मृत्यु भएको छ । ३० हजार १५८ जना संक्रमित भएकोमा २६ हजार २१० जना संक्रमणमुक्त भएका छन्

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...