१०७ औं विपी जयन्तीमा स्व.नेता मदन भण्डारीको नाममा खुलापत्र : संसद बन्न चुनाव लड्नु नपर्ने भो

Gobinda niraula 24

प्रिय मदनजी,
तपाई स्वर्गवास जानु भएको पनि धेरै वर्ष भएको छ । नेपालको विषयमा कति जानकार हुनुहुन्छ थाहा भएन । तपाइको साथी केपी ओली प्रधानमन्त्री भएका छन् । सिपी मैनालीले माले भन्ने पार्टी खोलेर रजगज गरेको कुरा थाहा नै होला । राधाकृण्णले सितापाइलामा घर बनाएका छन् । नेल्सन मण्डेलाका उदारणले परिचित मोहनचन्द्र अधिकारी र प्रदिप नेपाल खासै सक्रिय देखिएका छैनन् । माधवकुमार नेपालको बारेमा चिन्ता लिनुपर्ने अवस्था छैन । अशोक राई मशालवाला बाबुरामको बुई चढ्न जानुभएको छ । तपाई–हाम्रै परिचत मित्र उपेन्द्र यादवले उहाँहरु सबैको सारथी हाँकेका छन् । श्रीमती विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति हुनुभएको कुराले मेरो आत्मलाई समेत प्रफुल्लित बनाएको छ । उहाको अवस्था प्लेन र हेलिकोप्टर भन्दा बाहिर निस्केर हिड्न सक्नु हुन्न ।

विश्वास छ, तपाई हामीबीच भएको मित्रता तपाईले बिर्सनु भएको छैन । दुःख र पीडाका कुराहरु सामान्य हुन् । देश विघठनको बाटोमा जान लागेकोले पत्र लेखेको छु । नेपाललाई बचाउने कुरामा सहयोग गर्नुस् । तपाईको साइकल र मेरो पैतालाले महत्वपूर्ण काम गर्न सक्छ । फेरि पनि भोक भोकै हिड्ने प्रण गरौं । सबै कुरा विस्तारमा गरौंला ।

मदनजी,
आज १०७ औं वीपी जयन्ती । उहाको जन्म भएको १०७ वर्ष भएछ । भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सायद तपाई र वीपीबीच कुरा हुँदो होला । तपाई त विपीको समाजवादलाई अति नै माया गर्ने मानिस । नेपालको एमाले भन्ने पार्टीलाई जनताको बहुदलीय जनवाद भनेर कांग्रेसको समाजवादी बाटोमा लगेको कुरा सुनाउनुभएको छैन भने आजै सुनाउँदा राम्रो हुन्छ । गिरिजाप्रसाद कोइरालाले नेपाली कांगे्रसलाई माओवादी प्रचण्डको संघीय गणतन्त्रवादी टोकरीमा फालिदिएको कुरालाई विस्तार गर्न पनि नभुल्नुस् ।

नेपाल अहिले धर्मनिरपेक्ष संघीय गणतन्त्रको बाटोमा गएको छ । विपीपुत्र शशांक र भतिज शेखर पनि देश विखण्डन कै पक्षमा नतमस्तक देखिएका छन् । पहिलेको यौटा देश फोडेर सात वटा देश बनाएका छौं । देशको नाम १ नं., २ नं. हुँदै ७ नं. राखिएको छ । राजा वीरेन्द्रको वंश संहार भएको कुरा थाहा पाएकै हुनुपर्छ । देश विघटन गर्न मुस्किल भएपछि राजसंस्था विघटन गरिदियौं । तपाईका हितैसी मित्रहरु गुरु बराल, कुमालजी, हेमजी, सबैजना सकुसल रहेको सुनेको छु । झलनाथजीले सर्प पाल्न थाल्नुभएको छ । घृतजीको देहवसान भएको कुरा सुन्न आएको थियो, सायद हुनुपर्दछ ।

भाई प्रेम भण्डारीजीसँग राम्रै सम्बन्ध थियो, अहिले भेट भएको छैन । जीवनयापनको लागि शिक्षण पेशामा अल्मलिनु भएको कुरा सुनेको छु । अरु सबै साथीहरु धनाढ्य बनेका छन्, कुनै चिन्ता लिनुपर्ने काम छैन । तपाइका सबै साथीहरु गाडी, महल, घोडामा छन् । अहिले त गाउँ पञ्चायतका प्रधानपञ्च र उपप्रधानपञ्चले पनि सुरक्षा फौजबाट गारद सलामी खाने चलन छ । कहिले काही वडाध्यक्षले पनि सलामी भ्याई दिन्छन् । मान्नुस् हिजोको पञ्चायत र अहिलेको राज्य व्यवस्थामा कुनै फरक छैन । फरक राज्यलाई विखण्डन गरिदिएका छौं त्यो मात्र छ ।

लौडा, धमिजा, चेजएयर जस्ता रसिला काण्डहरु थाहा भएकै हुनुपदर्छ । पछिका समयमा त्यसता कुनै भ्रष्टचारका काण्डहरु भएका छैनन् । जुन भएका छन्, करिव ७० अर्बको एनसेल काण्ड । करिव ४० अर्बको राजस्व काण्ड । बालुवाटार काण्ड । करिव ४० टनको सुन काण्ड । रत्नपार्क काण्ड । फोरजी काण्ड । यस्तै काण्ड छन् । हत्या, अपहरण र बलात्कारका घटना सम्झेर भन्न सकिने अवस्था छैन । संसद, हत्या अपहरण र बलात्कारका नाइकेहरु बस्ने थलो भएको छ । चुनाव हारेका मानिसहरु आफैँ संसद बन्छन् । संसद बन्न चुनाव लड्नुपर्दैन । मल, चिनी, जमिनका घुसखोरहरु भ्रष्टचारी ठहरिँदैनन् ।

हामीहरु कोरोनाको त्रासदीबाट भयभित भएर घरभित्र बसेका छौं । बाहिर निस्कियो भने पुलिसले लाठी बजार्दछ । निशेधाज्ञा हुनुको कारण नेताहरुको मुखबाट युरोपियन मिसनका पैसाको गन्ध आउँदछ । जब हिन्दु सांस्कृतिक पर्वहरु पर्दछन्, राज्य लकडाउन हुन्छ । पर्व सकिँदा सडक खुल्दछ । यसपालिको दशैं राम्रो हुने लक्षण छैन । विश्वास गर्नुस् ख्रीसमस अगाडि बजार खुल्ने सम्भावना छैन । प्रम ओलीजीले गरेको राम्रो काम, आफु समानका सबै कम्युनिष्ट नेताहरुलाई उप प्रम बनाइदिनु भएको छ । सडकमा झाँकी देखिए पनि कोही कम्युनिष्टहरु विरोधि छैनन् ।

म तपाईसँगको कुराको अन्तिममा छु । कांग्रेसी नेताहरुले आफ्नो विचार छोडेका छन् । देश दुर्घटनामा पर्ने अवस्था छ । कम्युनिष्टहरुको बारेमा कुरा गर्दा नेपालमा कम्युनिष्टहरु छैनन् भन्ने तपाईको कुरामा सहमत छु । हामीहरु संवैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानीय स्वशासन, समाजवादी अर्थनीति, विशेष अधिकार सहितको राजसंस्थाको पक्षमा आन्दोलित भएका छौं । जुन बिचार छ, वीपीले अघि सार्नु भएको प्रजातान्त्रिक समाजवादको बाटो र तपाईले अघि सार्नु भएको जवजलाई समेत वैज्ञानिक किसिमले प्रतिनिधित्व गर्दछ । वामदेव गौतम राष्ट्र पञ्चायतको सदस्य हुँदै हुनुहुन्छ । देशमा अहिलेसम्म तपाई हामीले भनेजस्तो प्रजातन्त्र आएको छैन । तपाईको जबजलाई केपी ओलीले माओवादी आतंकको टोकरीमा फालिदिएका छन् ।

जयनेपाल
तपाईको हितैसी
गोविन्द निरौला

(लेखकः नेपाल समाजवादी कांग्रेसको केन्द्रिय अध्यक्ष हुन्)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अस्मिता पौडेल भन्छिन्, ‘सँगै मर्न पहिला विष खाएको थिएँ, पेट पोल्न थालेपछि छोरीहरुलाई खुवाँए’

Xori hatya prakaran

विराटनगर । दुई जना छोरीको हत्या गरी फरार भएकी मोरङ सुन्दरहरैंचा–५ मालती टोलकी अस्मिता पौडेलले श्र...