कोरोना संक्रमणबाट युएईमा पाँच नेपालीको मृत्यु

7 death by corona in south korea

युएई । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट युएईमा एक सातामा पाँचजना नेपालीको निधन भएको छ । योसमेत विदेशका विभिन्न देशमा संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या शनिबारसम्म दुई सय पुगेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना संक्रमण देखिएको उल्लेख गर्दै समितिका संयोजक डा संजीव सापकोटाले जापान, अष्ट्रेलिया, कतारलगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको बताए ।

संघका अनुसार हाल सम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...