कोरोना संक्रमणबाट भारतीय पूर्वराष्ट्रपति मुखर्जीको ८४ वर्षको उमेरमा निधन

Mukharge

नयाँदिल्ली । भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि दुई साताअघि उनलाई दिल्लीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।

साथै मुखर्जीमा कोरोनाभाइरसको संक्रमण समेत देखिएको थियो । मुखर्जीका छोरा अभिजितले भारतीय मिडियालाई जानकारी दिएअनुसार सोमबार अस्पतालमै उपचारको क्रममा उनको निधन भएको हो ।

केही दिनदेखि नै उनी कोमामा पुगेपछि स्वास्थ्य अवस्था खराब बन्दैगएको चिकित्सकहरुले बताउँदैआएका थिए । यसवाहेक उनी फोक्सो सम्बन्धी समस्यासँग पनि केही वर्षदेखि जुधिरहेका थिए ।

अभिजितले सोमबार दिउँसो आफ्नो ट्वीटरमा समेत बाबुको निधनबारे लेखेका छन् । मुखर्जी २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपतिको रुपमा शासन सत्तामा थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...