कोरोनाविरुद्ध पहिलो खोपको ‘सफलता’ पछि दोस्रो खोप निकाल्दैः रुस

Corona vaccine

एजेन्सी । रुस कोरोनाविरुद्ध एउटा खोपको ‘सफलता’पछि रुस अर्को खोप निकाल्ने तयारीमा लागेको छ । केही दिनअघि मात्र संसारमा सबैभन्दा पहिले आफूले कोरोनाविरुद्ध सफल खोप बनाएको घोषणा गरेको रुसले अर्को खोप पनि उत्पादनका लागि सरकारी अनुमति पाउने चरणमा पुगेको दाबी गरेको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसका डेपुटी प्रधानमन्त्री तात्याना गोलिकोवाले साइबेरियास्थित भेक्टर भाइरोलोजी इन्स्टिच्युटमा बनिरहेको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल सेप्टेम्बरसम्म सकिने जानकारी दिएका हुन् । उनले राष्ट्रिय टेलिभिजनबाट प्रसारित एक भर्चुअल बैठकमा राष्ट्रपति भ्लादमिर पुटिनलाई यस्तो ब्रिफिङ सुनाएका हुन् ।

यो खोपको पहिलो र दोस्रो चरणको ट्रायलमा कुनै नकारात्मक नतिजा नदेखिएकाले अब तेस्रो चरणको ट्रायल गरिने उनले बताएका छन् । यसअघि रुसले ‘सफल’ भइसकेको दाबी गरेको स्पुतनिक–५ खोपप्रति पनि विश्वका वैज्ञानिकले अविश्वास व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनले समेत खोपबारे आफूलाई जानकारी नभएको बताइरहेको छ ।

रुसले अगाडि हुने हतारमा खोप परीक्षणको सबै प्रक्रिया पूरा नगरेको हुन सक्ने आशंका उनीहरूको हो । तर रुसका राष्ट्रपति पुटिनले भने आफूले बनाएको खोप सुरक्षाका सबै मानकमा खरो उत्रिएको र आफ्नी छारीले समेत लगाउँदा परिणाम प्रभावकारी आएको दाबी गरेका छन् ।  उत्पादन सुरु गरिएको जानकारी दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...