अमेरिकाले बनायो कोरोना संक्रमण रोक्न मल्हम, ३० सेकेन्डमा भाइरस मार्ने दाबी

246125025corona america thenewyorktimes

एजेन्सी । विश्व नै कोरोना भाइरस विरुद्धको औषधी बनाउने प्रतिस्पर्धामा जुटिरहेको बेला अमेरिकाले कोरोना विरुद्धको मल्हम बनाएको दाबी गरेको छ । अमेरिकास्थित टेक्ससको एक कम्पनी एडभान्स पेनिट्रेशन टेक्नोलोजीले उक्त मल्हम बनाएको  वैज्ञानिकहरुको दाबी छ ।

कम्पनीका संस्थापक डाक्टर ब्रायन हबरले निर्माण भएको  मल्हमले ३० सेकेण्डमा कोरोना भाईरस मार्ने दाबी गरेका छन् । यो मल्हमलाई अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले प्रयोगमा ल्याउनका लागी अनुमति दिएको छ ।

यो मल्हमलाई मानिसको नाकमा लगाएपछि कुनैपनि भाईरस संक्रमण हुन सक्दैन । अधिकांश भाईरसको संक्रमण नाकबाटै हुने भएकोले नाकमा दल्ने मल्हम बनाइएको बताइएको छ ।

डा.हबरका अनुसार यो मल्हम कोरोना संक्रमितको उपचारका लागि महत्वपूर्ण उपलब्धी हो । उनले भने “यो मल्हम कोरोना भाइरससंग लड्नमा महत्वपूर्ण सहयोगी साबित हुनेछ । महिनौंदेखि अपेक्षा गरिएको सुरक्षा कवचको रुपमा यो मल्हमले स्थान पाउनेछ ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...