कोरोनाभाइरस रुघा जस्तै हो, सधैं रहिरहन्छः बेलायती विज्ञ

Corona test19

एजेन्सी । कोभिड–१९ कुनै न कुनै रूपमा मानवजातिसँग रहिरहने एक अग्रणी बेलायती वैज्ञानिकले भविष्यवाणी गरेका छन् । उनले यस ज्यानमारा रोगविरुद्ध नियमित खोप लगाइरहनुपर्ने उनको भनाइ छ ।

बेलायत सरकारको साइन्टिफिक एड्भाइजरी ग्रूप फर इमर्जेन्सिजका सदस्य सर मार्क वालपोर्टले यो कटुसत्य बताएका हुन् । अन्य रोगभन्दा फरक कोभिड–१९ पूर्णतः नष्ट नहुने वालपोर्टले बीबीसी रेडियोलाई बताए । तर महामारी रोकथामका लागि विश्वव्यापी खोप अभियान अनिवार्य रहेको उनको भनाइ छ ।

‘यो भाइरस कुनै न कुनै रूपमा हामीसँग सदाका लागि रहनेछ र एकपछि अर्को खोप लगाइरहनुपर्ने हुन्छ,’ वालपोर्टले भने । ‘त्यसैले रुघाविरुद्ध जस्तै नियमित अन्तरालमा खोप लगाइरहनुपर्ने हुन्छ ।’

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एधानोम गेब्रेयेसुसले महामारी दुई वर्षभन्दा कम समयमा सकिने आशा गर्दै दिएको बयानको जवाफमा वालपोर्टको यो भनाइ आएको हो ।

गेब्रेयेसुसले कोभिड–१९ लाई सन् १९१८ को स्पेनिस फ्लुसँग तुलना गरे । मानवजातिले कोरोनाभाइरसलाई अत्याधुनिक प्रविधिका साथ सामना गरेको उनले बताए । तर पहिलेभन्दा बढी विश्वव्यापी सम्पर्क बढेकाले रोगहरू द्रुत गतिमा फैलिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...