भारतमा एकै दिन थपिए ७० हजारभन्दा बढी संक्रमित

Corona india1 e1593331074882

एजेन्सी । भारतमा एकै दिन ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । शनिबार ७० हजार ६७ संक्रमित थपिएका हुन् ।एकै दिन यति धेरै संक्रमित थपिएको नयाँ  रेकर्ड हो । यस्तै, शनिबार ९ सय १८ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा हालसम्म संक्रमितको संख्या २९ लाख ७५ हजार ७ सय १ छ भने ५५ हजार ७ सय ९४ जनाको मृत्यु भएको छ ।

यसअघि १९ अगष्टका दिन ६९ हजार १ सय ९६ संक्रमित थपिएका थिए । हाल भारतमा ७ लाखभन्दा बढी संक्रमितको उपचार भइरहेको छ भने २२ लाख ७९ हजार ९ सय जना निको भइसकेका छ्न् ।

प्रतिकृया दिनुहोस