कुवेतमा एक नेपालीद्वारा आत्महत्या

Ekuwait fe0vmkkd3u

कुवेत । कुवेतमा एक नेपालीले आत्महत्या गरेका छन् । कुवेतको मानगफ क्षेत्रमा पाँचथरका गोकुल प्रसाद तामाङले आत्महत्या गरेका हुन् । ३५ वर्षीय तामाङले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको बताइएको छ ।

कुवेतको सेभेन बर्गर कम्पनीमा काम गर्दै आएको उनले के कारणले आत्महत्या गरे भन्ने बारे पूर्ण विवरण आइनसकेको कुवेतस्थित नेपाली दूतावासले स्रोतले जनाएको छ ।

मृतक तामाङ कति वर्षदेखि कुवेतमा कार्यरत थिए लगायत उनी कार्यरत कम्पनीसंग समन्वय गरी जानकारी लिने काम भैरहेको दूतावासले जनाएको छ । मृतकको घरमा श्रीमती, दुई छोरा र एक छोरी रहेको बुझिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...