विश्वभर कोरोनाबाट सात लाख ९० हजार बढीको मृत्यु, २ करोड २५ लाख संक्रमित

Coronavirus worldchina amer

एजेन्सी । कोरोना भाइरसबाट विश्वभरमा हालसम्म २ करोड २५ लाख ५९ हजार १ सय ६ जना संक्रमित भएका छन् । वर्ल्ड मीटरका अनुसार तीमध्ये १ करोड ५२ लाख ९२ हजार एक सय ३ जना उपचारपछि निको भएका छन् भने ७ लाख ९० हजार १० जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा हालसम्म ५६ लाख ९९ हजार ८ सय ८८ जना संक्रमित भएका छन् । त्यहाँ १ लाख ७६ हजार ३ सय २८ जनाको मृत्यु भएको छ भने ३० लाख ६२ हजार ७ सय ३२ जना उपचारपछि निको भएका छन् ।

यसैगरी ब्राजीलमा हालसम्म ३४ लाख ६० हजार ४ सय १३ जना संक्रमित भएका छन् । ब्राजीलमा १ लाख ११ हजार १ सय ८९ जनाको मृत्यु भएको छ भने २६ लाख १५ हजार २ सय ५४ जना उपचारपछि निको भएका छन् ।

धेरै संक्रमित हुने मुलुकको तेस्रो नम्बरमा रहेको भारतमा २८ लाख ३५ हजार ८८२ जना संक्रमित पुगेका छन् । भारतले २० लाख ९६ हजार ६८ जना उपचारपछि निको भएका छन्। भारतमा हालसम्म ५३ हजार ९९४ जनाको मृत्यु भएको छ । भारतमा बुधबारमात्रै ९७९ जनाको मृत्यु भएको थियो । भारतमा अहिले ६ लाख ८५ हजार २३१ जनाको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस