मालीमा सैनिक ‘कू’: राष्ट्रपति, प्रधानमन्त्रीलगायत सेनाको कब्जामा

Mali sainik ku

काठमाडौं । मालीमा सैनिक ‘कू’ भएको छ । सेनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई हिरासतमा लिएर सत्ता हातमा लिएको छ ।

मालीका सैनिकहरुमा जिहादी चरमपन्थीहरुसँग चल्दै आएको संघर्ष र आफ्नो तलब सुविधालाई लिएर लामो समयदेखि असन्तुष्टि छ ।

उनले टेलिभिजन सम्बोधन गरेको केही बेरमै उनी र प्रधानमन्त्रीसहित अन्य अन्यलाई सैनिकहरूले गिरफ्तार गरेर राजधानी नजिकैको एउटा छाउनीमा लगिएको छ ।

राष्ट्रपति इब्राहिम बुबाकारले टेलिभिजन सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । साथै उनले संसद र सरकार भंग गरेको जानकारी पनि दिए ।

सम्बोधन गर्दै राष्ट्रपति बुबाकारले भनेका थिए, ‘म मेरो शासनकालमा रक्तपात होस् भन्ने चाहँदैन । यदि आज हाम्रो सशस्त्र बलका केही व्यक्तिले मेरो शासन अन्त्य गर्न चाहान्छन् भने मसँग अरु विकल्प के हुन्छ ?’

सेनाको यस विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिक एक सैनिक क्याम्पमा गोली चलेको आवाजसँगै सुरु भएको बताइएको छ ।

बामाकोभन्दा १५ किलोमिटर टाढा रहेको सैनिक क्याम्पमा असन्तुष्ट जुनियर अफिसरहरुले कमाण्डरहरुलाई हिरासतमा लिएका थिए । त्यसपछि उनीहरुले सैनिक क्याम्प कब्जा गरेका थिए । त्यसपछि युवा जमातले शहरका सरकारी भवनहरुमा आगजनी गरेका थिए । साथै राष्ट्रपतिको राजीनामा माग गर्दै उनीहरुले विरोध प्रदर्शन पनि गरे ।

राष्ट्रपति बुबाकारले सन् २०१८ मा लगातार दोस्रो पटक चुनाव जितेका थिए । तर उनको शासनकालमा भ्रष्टाचार र साम्प्रदायिक हिंसा बढेको भन्दै आलोचित बन्यो । यही कारण मालीमा केही महिनायता विरोध प्रदर्शन चर्किंदै गएको थियो ।

त्यसपछि रुढीवादी इमाम महमुद डिकोको नेतृत्वमा एक नयाँ विपक्षी गठबन्धनको उदय भएको छ । यो गठबन्धनले नयाँ सुधार र मिलीजुली सरकारको माग गर्दै आएको छ ।

राजधानीमा युवाहरूले सरकारी स्वामित्वको एउटा भवनमा आगो लगाइदिएका छन् । माली बृहत् प्रदर्शनहरूका साथ महिनौँदेखि राजनीतिक भद्रगोलमा फसेको छ ।

प्रदर्शनकारीहरूले राष्ट्रपति इब्रहिम बुबाकार केयटाको राजीनामा मागिरहेका थिए । एकजना धार्मिक अगुवा महमुद डिक्कोको नेतृत्वमा पछिल्ला महिनाहरूमा भएका ठूला प्रदर्शनहरूमा राष्ट्रपतिको राजीनामा माग गरिएको थियो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले घटनाको निन्दा गर्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई बिनासर्त मुक्त गर्न आग्रह गरेका छन् । संवैधानिक व्यवस्था तत्काल पुनर्स्थापित गरिनुपर्ने उनको धारणा छ ।

पश्चिम अफ्रिकाको क्षेत्रीय सङ्गठन इकोनोमिक कमिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (एकोवास), अफ्रिकी सङ्घ र फ्रान्सले पनि विद्रोहको निन्दा गर्दै सैनिकहरूलाई छाउनीमा फर्किन आग्रह गरेका छन् ।

 
 

प्रतिकृया दिनुहोस