जापानी प्रधानमन्त्री आवे अस्पताल भर्ना

Shinzō abe m385kxfbcr

एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना भएका छन् । उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

पूर्व अर्थमन्त्री अकिरा अमारीले एउटा टिभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट उनी अस्पताल गएका हुन् । क्योदो समाचार संस्थाले उनी राजधानी टोकियोस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना भएको जनाएको छ । प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने उनले चेतावनी दिएका थिए ।

तर उनकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन् । “उनले राम्रो काम गरिरहनु भएको छ, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,” सरकारको मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले भने

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...