कोरोना संक्रमणबाट भारतको उत्तर प्रदेशका एक मन्त्रीको मृत्यु

Hetan chuhan

भारत । कोरोनाबाट भारतको उत्तर प्रदेशका एक मन्त्रीको मृत्यु भएको छ । गुरुग्राम मेदान्ता अस्पतालमा उपचारका क्रममा सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री चेतन चौहानको आइतबार मृत्यु भएको हो ।

पूर्व भारतीय क्रिकेटसमेत रहेका ७२ वर्षीय चौहानको मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेको दैनिक भाष्करले लेखेको छ । चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै गुरुग्राम मेदान्ता अस्पतालमा उपचार हुँदै आएको थियो ।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री योगीका अनुसार चौहानको अन्त्येष्टि मंगलबार हुने जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस