भारतमा कोरोना संक्रमितको संख्या २५ लाख बडी

Coronavirus india geflszqcpz

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म १८ लाख ७ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६८ हजार ५३२ जनाको उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमणबाट भारतमा ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९९० जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस