कोरियामा बेरोजगारीको दर ४ प्रतिशत पुग्यो

Koreya

सिओल । दक्षिण कोरियामा बेरोजगारी दर ४ प्रतिशत पुगेको छ । वर्षको सुरुवातमा ० दशमलव १ प्रतिशतमा सीमित बेरोजगारी दर विश्वव्यापी कोरोना भाईरसको महामारीका कारण बढेर ४ प्रतिशत पुगेको बुधवार प्रकाशित कोरियाको सरकारी तथ्यांकमा उल्लेख छ ।

अब कोरियामा बेरोजगारीको संख्या ११ लाखभन्दा बढी (१ दशमलव १३ मिलियन) पुगेको छ । महामारीका कारण जुलाई महिनामा मात्र २ लाख ७७ हजारले रोजगारी गुमाएको तथ्यांकले देखाएको छ। सन २००९ मा विश्वव्यापी आर्थिक मन्दी हुँदाको समयमा जस्तै लामो समयसम्म व्यापारीक क्षेत्र ठप्प हुँदा धेरैले रोजगारी गुमाउनुपरेको बताईएको छ।

बेरोजगार हुने उमेर समूहमा १५ देखि २९ वर्ष उमेर समूहको दर ९ दशमलव ७ प्रतिशत छ, जुन वर्षको सुरुवातमा ० दशमलव १ प्रतिशत थियो ।

वर्षका सुरुका महिनाहरुमा भन्दा पछिल्ला महिनाहरुमा बेरोजगारीको दर मन्द गतिमा बढिरहेको कोरियाका अर्थमन्त्री होङ नाम कीको भनाइ छ। उनले सामाजिक संजालमा भनेका छन्, ‘उच्च वर्षाको समयमा तथ्यांक संकलन गरिएकाले बेरोजगारी दर उच्च देखिएको हो ।

’कोरियामा ५० दिनदेखि मौसम सक्रिय हुँदा भारी वर्षा भईरहेको छ। वर्षाका कारण अहिले सम्म ३३ जनाको ज्यान गईसकेको छ । ९ जना हराईरहेका छन भने ७ हजार ६ सय परिवार विस्थापित भएका छन् ।

वर्षा तथा बाढीका कारण धेरै क्षेत्र प्रभावित भएकाले रोजगारीको दर घटेको अर्थमन्त्रीको भनाइ छ। कोरोना भाईरसका कारण ३ लाख ९५ हजार अस्थायी श्रमिक प्रत्यक्ष रुपमा प्रभावित भएको र दैनिक ज्यालादारीमा काम गर्ने ४४ हजार श्रमिक प्रभावित भएको तथ्यांकमा उल्लेख छ ।

गत महिना उद्योग, आवास र खाद्य क्षेत्रमा २ लाख २५ हजारले रोजगारी गुमाएका छन् । त्यस्तै हालसेल तथा रिटेल मार्केट क्षेत्रमा १ लाख २७ हजारले रोजगारी गुमाएका छन् ।

प्रतिकृया दिनुहोस