भारतीय अभिनेता सञ्जय दत्तलाई तेस्रो चरणको क्यान्सर, उपाचारका लागि अमेरिका प्रस्थान

0

बलिउड अभिनेता सन्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । क्यान्सर तेस्रो चरणमा पुगिसकेको र उनी उपचारका लागि अमेरिका प्रस्थान गरेको विभिन्न भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

श्वास फेर्न कठिन भएपछि ६१ वर्षीय दत्त गएको शनिबार मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका थिए। उनको कोरोना परीक्षण गरिए पनि रिपोर्ट नेगेटिभ आएको थियो।

उनलाई फोक्समो क्यान्सर भएको पत्ता लागेपछि लीलावती अस्पतालबाट सोमबार डिस्चार्ज भएका हुन्। स्रोतलाई उधृत गर्दै दैनिक भाष्करको अनलाइन संस्करणले मंगलबार नै उनी अमेरिका प्रस्थान गरिसकेको जनाएको छ।

त्यसअघि मंगलबार दिउसो नै उनले इन्स्टाग्राममार्फत उपचारका लागि आफूले फिल्मबाट छोटो ‘ब्रेक’ लिने जानकारी दिएका थिए। उनले परिवार र साथीहरु आफूसँगै रहेको भन्दै आफ्ना समर्थकलाई दुखी नहुन भनेका थिए। साथै सबै जनाको शुभकामनाले आफू छिटै फर्कने विश्वास पनि व्यक्त गरेका थिए।

उनकी श्रीमती मान्यता र दुई बच्चा बन्दाबन्दीका कारण पाँच महीनादेखि दुबईमै रोकिएका छन्। दत्तकी पहिली श्रीमती ऋचा शर्माको क्यान्सरकै कारण मृत्यु भएको थियो।

उनकी आमा नरगिसलाई पनि प्याङ्क्रियाजको क्यान्सर भएको थियो। क्यान्सरकै कारण सन् १९८१ मा आमाको निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...