अमेरिकी नागरिकता त्याग्ने मानिसको संख्या अहिलेसम्मकै बढी

Man

काठमाडौँ । अमेरिकाको नागरिकता त्याग्ने मानिसको संख्या अहिलेसम्मकै उच्च पाइएको छ । न्युयोर्कस्थित बेमब्रिज अकाउन्टेन्टले आइतबार प्रकाशन गरेको अध्ययनअनुसार सन् २०२० को पहिलो ६ महिनामै ५ हजार ८ सय अमेरिकी नागरिकले नागरिकता त्याग गरेका हुन् ।

अघिल्लो वर्षभरि जम्म्मा २ हजार ९२ अमेरिकीले नागरिकता छाडेका थिए। यस आधारमा यो वर्ष त्यसको संख्या अहिलेसम्मकै उच्च देखिएको हो । सीएनएनमा प्रकाशित समाचारअनुसार विशेषगरी राष्ट्रपति डोनाल्ड ट्रम्पका गतिविधि र कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै असन्तुष्ट नागरिकले अमेरिकी नागरिकता त्याग गरेको बेमब्रिज अकाउन्टेन्टको साझेदार एलिस्टर बेमब्रिजले जनाएको छ ।

राजनीतिक माहोलका कारण पनि पछिल्लो समय धेरै मानिस अमेरिकाबाट बाहिरिने क्रम बढेको समचारमा उल्लेख छ । नागरिकता छाडेका धेरैजसोले अमेरिकाको पछिल्लो वातावरणबाट आफूहरू खुसी नभएको र करसम्बन्धी व्यवस्था अर्को मुख्य कारण भएको बेमब्रिजले जनाएको छ । विदेशमा बस्दा पनि अमेरिकी नागरिकले अमेरिकामा हरेक वर्ष कर तिर्नैपर्ने प्रावधान छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...