रुसले बनाएको कोरोना भ्याक्सिनबारे डब्लुएचओ अनभिज्ञ

Who chief

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुसले तयार गरेको भनिएको कोरोना भ्याक्सिनबारे आफूलाई जानकारी नभएको बताएको छ । भ्याक्सिनबारे जानकारी नै नभएकाले त्यसको मूल्यांकन गर्ने कुरै नआउने डब्लुएचओको भनाइ छ । गत हप्ता डब्लुएचओले रुसलाई कोरोनाको भ्याक्सिन बनाउँदा डब्लुएचओले तयार गरेको अन्तर्राष्ट्रिय मापदण्ड पालन गर्न भनेको थियो ।

डब्लुएचओ अन्तर्गतको प्यान–अमेरिकन हेल्थ अर्गनाइजेसनका सहायक निर्देशक जरबास बारबोसाले बीबीसीसँग भने, ‘ब्राजिलले पनि कोरोना भ्याक्सिन उत्पादन सुरु गर्ने भनेको छ । तर, ट्रायल पूरा नगरी उत्पादनमा जान मिल्दैन ।’ भ्याक्सिन बनाउने जोकोहीले त्यसको विश्वसनीयतामा ध्यान दिनुपर्ने र डब्लुएचओले त्यसलाई सिफारिस गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस