भारतको जोधपुरमा एकै परिवारका ११ जना मृत भेटिए

E29de97599cffbb4db1024d246adc7de w1000 h500 cp

भारत । भारतको राजस्थानस्थित जोधपुर जिल्लामा एकै परिवारका ११ जना मृत फेला परेका छन्। उनीहरूको हत्या भएको आशंका गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पास्कितानबाट विस्थापित उनीहरूको शव जोधपुर जिल्लाको देचु थाना क्षेत्रको खेतमा फेला परेका हुन् । छेउमा विषका बोतल र सुई पाइएको स्थानीय प्रहरीले जनाएको छ ।

पहिले खानामा निद्रा लाग्ने औषधि हालेर खुवाएको र त्यसपछि सबैको हातमा विषयुक्त सुई लगाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

परिवारका एक जना ३७ वर्षका केवल राम मात्रै बाँच्न सफल भएका छन्। उनी छुट्टै सुतेकाले बाँचेको बताइएको छ । उनीहरूको हत्या आफ्नै छोरी ३८ वर्षीया लक्ष्मीले गरेको आशंका प्रहरीले गरेको छ । किनकि परिवारमा उनी नै सुई लगाउन जान्ने अर्थात् नर्सिङ पढेकी थिइन् ।

उनैलै परिवारका १० सदस्यको हातमा विषयुक्त सुई लगाएर पछि आफूले पनि खुट्टामा सुई लगाएको अनुमान प्रहरीले गरेको छ । उनको पनि मृत्यु भएको छ ।

उनको बिहे जोधपुरमै भएको थियो तर उनी माइतमै बस्ने गरेकी थिइन् । पारिवारिक कलहका कारण हत्या तथा आत्महत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...