‘जय श्रीराम’ नभनेको भन्दै कुटिए एक पुरुष

Beaten person 20200809033243

नयाँ दिल्ली । मोदि जिन्दावाद’ र ‘जय श्रीराम’ नभनेको भन्दै राजस्थानमा एक पुरुष कुटिएका छन्। शनिबार ५२ वर्षीय अटो–रिक्सा चालक गफर अहमदलाई दुई व्यक्तिले ‘पाकिस्तान जा’ भन्दै निर्घात कुटपिट गरेका हुन्। भारतीय सञ्चार माध्यमका अनुसार कुट्ने दुबै जनालाई प्रहरीले समातेको छ।

अहमदले दुई व्यक्तिले भनेजस्तो नगरेपछि लछारपछार गर्दै आफ्नो घडी र पैसा समेत लगेका प्रहरीमा उजुरी दिएका थिए। प्रहरीका अनुसार उनको दाँत भाँचिएको, आँखा सुन्निएको तथा अनुहारमा चोट लागेको छ।

शुक्रबार यात्रु पुर्‍याएर फर्किदै गर्दा कारमा सवार दुई व्यक्तिले अहमदलाई रोकेर सुर्ती मागेका थिए। लगत्तै उनीहरूले ‘मोदी जिन्दावाद’ र ‘जय श्रीराम’ भनेर नारा लगाउन लगाएका थिए।

‘मेरो अटो अर्को गाडीले उछिन्यो। अगाडि रोकेर दुई जना मान्छे ओर्लिए, अनि मलाई कुट्न थाले’, अहमदले भने, ‘उनीहरूले गालामा झापड हानेर ‘मोदी जिन्दावाद’ र ‘जय श्रीराम’ भन्न लगाए। त्यसपछि लात्तले हाने, मेरो दारी समेत तानिदिए।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...